२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

कर्मचारी व्यवस्थापन एक महिनाभित्र गरीनेःमन्त्री पण्डित


८ जेठ, चितवन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक महिनाभित्र कर्मचारी व्यवस्थापन गरिसकिने बताएका छन् ।

मकवानपुरमा आयोजित कार्यक्रममा सहभागी हुन चितवन आइपुग्नुभएका मन्त्री पण्डितले आज पत्रकारसँग कुरा गर्दै संघीय प्रदेशको संरचनामा जाँदा केही समस्या आएको र नयाँ संरचनानुसार बनेका संगठनको आन्तरिक संरचना बनिसकेको बताए ।

केन्द्रीय संरचनामा आवश्यकतानुसार कर्मचारी राख्ने र अन्य सबैलाई विभिन्न तहमा पठाइने मन्त्री पण्डितले बताएका छन् । अहिले कर्मचारीको मनोविज्ञान केन्द्रीय प्रणालीमा छ भन्दै कर्मचारीको मनोविज्ञान संघीय संरचनानुसार तयारी हुनुपर्ने बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार १४:२५