नुवाकोटका कोरोना संक्रमित निकाे भएर घर फर्किए
-प्रतिमा ढुङ्गाना
१६ जेठ, काठमाडाैँ । नुवाकोटका कोरोना संक्रमित निकाे भएर घर फर्किएका छन् । ११ जेठमा कोरोना संक्रमण पुष्टि भएर टेकु अस्पतालमा उपचार गराइरहेका नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ का नवराज ढुंगाना (विश्वास) शुक्रबार निकाे भएर घर फर्किएका हुन् । काठमाडाैँ महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियाे ।
प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार १५:०८