२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

विश्व प्रजातान्त्रिक युवा संघको वैठक भोलिदेखि, ओली र प्रचण्डले संयुक्तरुपमा उद्घाटन गर्ने


८ जेठ, काठमाडौँ । विश्व प्रजातान्त्रिक युवा संघको वैठक भोलिदेखि भोलिदेखि काठमाडौँमा हुने भएको छ । युवा संघ नेपाल र अनेरास्ववियु केन्द्रिय कमिटिको आयोजनामा विश्व प्रजातान्त्रिक युवा संघको वैठक नेपालमा गर्न लागिएको संघका अध्यक्ष रमेश पौडेलले जानकारी दिए ।

वैठकको सम्पूर्ण तयारी पूरा भएको बताउँदै अध्यक्ष पौडेलले विश्वका १२० राष्ट्रका १५० भन्दा बढी युवा नेताहरुको सहभागिता रहने बताए । उनले नेपाली कम्युनिष्टहरूको सन्देश प्रवाह लगायत नेपालकाे पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताए।

बैठकको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा आली र पुष्पकमल दाहाल प्रचण्डले गर्ने संघका उपाध्यक्ष प्रभात विक्रम कटुवालले जानकारी दिए । उपाध्यक्ष कटुवालका अनुसार बैठकका उद्घाटन कार्यक्रम राष्ट्रियसभा गृहमा हुनेछ भने त्यसपछि बैठक गोकर्ण रिसोर्टमा चल्नेछ ।

अनेरास्ववियुकी अध्यक्ष समेत रहेकी नेकपाकी सांसद नविना लामाले विश्व भर नेपालको कम्युनिस्ट एकताको सन्देश सहित सम्वृद्धिको सन्देश दिन बैठक सफल हुने बताइन ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार १०:५१