२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

डोटीको होटलमा अामाछाेरी मृत भेटिए, हत्याको अाशंकामा प्रेम साउद पक्राउ


८ जेठ, डोटी । डोटीको सिलगढीमा रहेको सृजना होटलमा आमा छोरी मृत अवस्थामा फेला परेका छन् ।  दिपायल सिलगढी नगरपालिका–६ सिलगढीमा रहेको होटलमा मंगलबार बिहानै दुवै जना मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार कैलालीको चुरे गाउँपालिका– ३ भक्तपुर घर भएकी २४ वर्षीया शोभा साउद झुण्डिएको अवस्थामा भेटिएकी छन् भने उनकी २ वर्षीया छोरी करुणा बेडमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी सहायक निरीक्षक रामसिंह बिष्टले जानकारी दिइन।

सोमबार बेलुका खाना खाएर सुतेका आमा छोरी मृत अवस्थामा फेला परेका हुन् । शोभाका श्रीमान प्रेम साउद आफैँले जिल्ला प्रहरी कार्यालयमा आफ्नो श्रीमती र छोरी मृत अवस्थामा भेटिएको भन्दै खबर गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत रहस्य खुल्न बाँकी रहेको र केही दिन पहिले श्रीमान श्रीमतीबीच झगडा भएको खुल्न आएको डोटी प्रहरीले जनाएको छ । प्रहरीले श्रीमानले नै हत्या गरेको हुनसक्ने अाशंका गरेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार ०९:५६