२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

दुर्घटनामा एकको मृत्यु तीन घाइते


८ जेठ, मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–८ स्थित भित्री सडकखण्डमा सोमबार साँझ अटो ट्याम्पु दुर्घटना हुँदा एककोे मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

तीव्रगतिमा रहेको को १ ह ८६८१ नंको अटो ट्याम्पु आफँै अनियन्त्रित भई पल्टिँदा इलाम, चुलाचुली गाउँपालिका–६ का ७० वर्षीय वृद्ध हर्कबहादुर बोहराको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका वृद्धको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा मृतककी श्रीमती ५८ वर्षीया कमला बोहरा घाइते भएकाले उनको अरनिको हस्पिटलमै उपचार भइरहेको छ । यस्तै घाइते मिक्लाजुुङ–९ की २२ वर्षीया पुर्णिमा तामाङ र सोही ठाउँकी ८० वर्षीया सुभद्रा कार्कीको साझा हस्पिटल, मधुमल्लामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक किरण प्रसाईले जानकारी दिए । ट्याम्पु र चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार ०८:५३