५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विश्वकप फुटबलका लागि अर्जेन्टिनाको टिम घोषणा, यस्तो छ टिम

८ जेठ, काठमाडौँ । विश्वकप फुटबलका लागि अर्जेन्टिनाले टिमको अन्तिम नामावली घोषणा गरेको छ । रसियामा हुने विश्वकपका लागि घोषणा गरिएको टोलीमा अर्जेन्टिनाका अनुभवी खेलाडीले सहज रुपमा स्थान बनाएका छन् ।

विश्वकपका लागि घोषणा गरिएको टोलीमा लियोनल मेसी, सर्जियो अगुइरो, पाउलो डिबाला, गोञ्जालो हिगुइनसहित २३ खेलाडी रहेका छन । अर्जेन्टिनाको २३ सदस्यी टिममा सिरी ए मा इन्टर मिलानबाट खेल्दा सर्वाधिक गोल गरेका खेलाडी मउरो इकार्डी भने टिममा अटाउन सकेनन् ।

अर्जेन्टिनाबाट प्रिमियर लिग खेल्ने अगुइरोसँग अरु पाँच खेलाडीले विश्वकपमा स्थान बनाएका छन् । जसमा सिटीका निकोलस ओटामेन्डी, वेष्ट ह्यामका मानुयल लान्जिनी, म्यान युका सर्जियो रोमेरीयो र मार्कोस रोहो, तथा चेल्सीका विली काबालेरो रहेका छन् । अजेन्टिनाले यसपटकको विश्वकपको पहिलो खेलमा आइस्ल्याण्डसँग खेल्नेछ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार ०८:१९