२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

राष्ट्रकवि घिमिरेको उपचार खर्च सरकारले व्यहोर्ने, घिमिरेका स्वास्थ्यप्रति प्रधानमन्त्रीको चासो


७ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताउनुभएको छ । राष्ट्रकविको स्वास्थ्यवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले आवश्यक परे सरकारले विदेशमा लगेरसमेत उहाँको उपचार गराउने प्रतिबद्वता व्यक्त गर्नुभयो ।

अस्पतलबाटै उहाँले राष्ट्रकवि घिमिरेको उपचारका सम्बन्धमा छिमेकी भारतस्थित सम्बन्धित चिकित्सकलाई टेलिफोन गरी आवश्यक परार्मशसमेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले राष्ट्रकवि घिमिरेलाई आत्मबल बलियो बनाउन तथा उपचारमा संलग्न चिकित्सकलाई उहाँको उपचारमा कुनै कसर बाँकी नराखन प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको बताउनुभयो ।

राष्ट्रकवि घिमिरे एक साताअघि आन्तरिक रक्तस्राव बढेपछि अस्पताल भर्ना भइ उपचारत हुनुहुन्छ । आन्तरिक रक्तस्राव भएपछि अहिले हाई केयर युनिटमा राखेर उहाँको उपचार हुँदै आएको छ । उनान्सय वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार २२:१७