४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

भूकम्प पीडितलार्इ खुशीको खबरः निजी आवास पुनर्निर्माण एक वर्षमा सक्ने सरकारकाे नीति

७ जेठ, काठमाडाैँ । सरकारले निजी आवास पुनःनिर्माण एक वर्ष तथा ऐतिहासिक सम्पदा काष्ठमण्डप, रानीपोखरी र धरहराको पुनःनिर्माण तीन वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त निजी आवास, पुरातात्विक सम्पदा र सरकारी भवन पुनःनिर्माणलाई सरल बनाई तीव्रता दिइने उल्लेख गर्नुभयो ।

संघ प्रदेश र स्थानीय तहमा सरकारी पूर्वाधार एवं भवन निर्माणको मापदण्ड लागू गरिने, प्रदेश राजधानी र स्थानीय तहका केन्द्रको एकीकृत पूर्वाधार विकास गुरुयोजना तयार गरिने तथा प्रदेश र स्थानीय तहको क्षमता विकास पूर्वाधार निर्माणमा प्रशासनिक सहजीकरणको व्यवस्था मिलाइने छ । संघीय वित्त तथा मौद्रिक नीति तर्जुमा गर्दा प्रदेश र स्थानीय तहका विकास आवश्यकतासमेतलाई सम्बोधन गरिने जनाइएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार १८:२८