२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

दुई वर्षमा सबै विद्यालय निर्माण गरिसकिन्छः मन्त्री पोखरेल


७ जेठ, काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अबको दुई वर्षमा भूकम्पका कारण क्षति पुगेको सबै विद्यालय निर्माण गरिसक्ने बताएका छन् ।

आज यहाँ दरबार हाई स्कूलले पुनः निर्माणको सम्बन्धमा आयोजना गरेको कार्यक्रममा दबार हाइस्कूल जस्ता भूकम्पले क्षति पुगेका सबै विद्यालग निर्माण हुन अब धेरै समय नलाग्ने बताए ।

मन्त्री पोखरेलका अनुसार दरबार हाइस्कूल पुरानो भएकाले अन्य विद्यालय भन्दा फरक र आकर्षण हुनुपर्ने र सोही अनुरुप निर्माण कार्य अघि बढाउनु पर्ने आवश्यक भएको बताए ।

काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा नमिलेको कुरा मिलाएर एक हप्ताभित्र नक्सा पास गर्न पनि मन्त्री पोखरेलले काठमाण्डौँ महानगर पालीकालाई आग्रह गरेका छन् ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रतिनिधि दिलीप श्रेष्ठले २०७२ सालको भूकम्पले गर्दा सात हजार ५०० विद्यालयमा क्षति पुगेको र हालसम्ममा तीन हजार ६०० निर्माण गरिसकेको जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद दहालले काठमाण्डौँ माहाँनगर पालीकाबाट नक्सा भएसँगै भत्काउनका लािग बोलपत्र आवह्वान गरिनेछ । १० रोपनी जग्गामा रहेको उक्त विद्यालयमा हाल १५० जना विद्यार्थी पठनपाठन गर्दै आएका छन् । यसअघि इँट्टा र सिमेन्टबाट बनेको विद्यालय अब सबै आधुनिक निर्माण सामग्रीबाट बन्ने जानकारी दिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार १६:४५