२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

मलेसिया जाने कामदार ठग्ने ३१ कम्पनीका ४० विरूद्ध ठगी मुद्दा (व्यवसायीको नामसहित)


७ जेठ, काठमाडाैँ । विभिन्न नाममा वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारसँग अबैध असुली गर्ने व्यवसायीविरूद्ध ठगी मुद्दामा कारबाही अघि बढाइएको छ । मलेसिया जाने कामदारसँग भिसा प्रोसेसिङ तथा स्वास्थ्य परीक्षणका नाममा ठगी गर्ने ३१ वटा कम्पनीका ४० जनालाई ठगी मुद्दामा थुनामा राख्न काठमाडौं जिल्ला अदालतले सोमबार आदेश दिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसियाको वैदेशिक रोजगारीमा जाने कामदारमाथि भिएलएन नामक कम्पनीले लिँदै आएको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय गरेका थिए ।

मन्त्री विष्टको निर्णय यहाँ हेर्न र सुन्न सक्नुहुन्छ

मन्त्री विष्टको निर्णयपछि ठगीमा संलग्नहरुलाई पक्राउ गरी कारबाही गर्न गृहमन्त्रालयमा पत्राचार गरिएको थियो । उक्त पत्राचार अनुसार प्रहरीले डिअाइजी धिरू बस्नेतको कमाण्डमा उपत्यकाका मेडिकलहरुमा छापा हानी भिएलएन तथा त्यसमा आबद्ध मेडिकलहरुलाई कारबाही सुरू गरिएको थियो ।

यही हुन ठगीमा संलग्न व्यवसायी र संस्था 

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार १६:५०