गुल्मीका काेराेना संक्रमितको मृत्यु भएको छैन : क्रिमसन अस्पताल
७ जेठ, काठमाडाैँ । काेराेना संक्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको तर उनको मृत्यु भएको भन्ने समाचार गलत भएको क्रिमसन अस्पतालले जनाएको छ ।
अस्पतालले बुधबार मध्यान्ह एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको बताएको हो ।
(पुनश्चः यसअघिकाे समाचारमा गलत सुचनाका कारण अन्यथा हुन गएकाेमा सच्याइएकाे छ – सम्पादक)
प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार १०:४१