१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अब पैसा तिरेर स्वेच्छिक रुपमा कोरोना परीक्षण गर्न पाइने

६ जेठ, काठमाडौँ । अब पैसा तिरेर स्वेच्छिक रुपमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न पाइने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क तिरेर स्वेच्छिक रुपमा कोरोना  परीक्षण गर्न दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयाे ।

 

सांकेतिक तस्विर

देवकोटाका अनुसार लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले पनि पैसा तिरेर आरडीटी/पीसीआर परिक्षण गर्न पाउनेछन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड पालना गरेर सूचनाको गोपनीयता र नियमित रिपोर्टिङ गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थामा सशुल्क परीक्षण गर्न दिने निर्णय भएको प्रवक्ता देवकाेटाले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलवार १७:०४