२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

काठमाडाैँमा ३ जना सहित थप २७ जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या ४०२ पुग्याे

६ जेठ, काठमाडाैँ । काठमाडाैँमा ३ जना सहित थप २७ जनामा काेराेनाकाे पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाका अनुसार भक्तपुर र ललितपुरमा पनि नयाँ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका छन्। ललितपुरमा कोरोना भाइरसको संक्रमण पहिलो पटक देखिएको हो।

त्यस्तै झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन्। आज थपिएका मध्ये २४ पुरूष र ३ महिला छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ। मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अब कोरोना भाइरसको संक्रमण ३६ जिल्लामा पुगेको छ।

प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन् । प्रदेश १ मा ५४, २ मा १३६, बाग्मतीमा २७ र गण्डकी प्रदेशमा ४ जना छन् भने प्रदेश ५ मा १७६, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना छन् ।

प्रकाशित मिति : May 19, 2020 at 4:36 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/