२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

गैँडाको आक्रमणबाट चितवनका ५५ वर्षीय पदमबहादुर तामाङ घाइते


७ जेठ, चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं १० स्थित पञ्चकन्या सामुदायिक वनमा घाँस काट्न गएका बेला गैँडाको आक्रमणबाट ५५ वर्षीय पदमबहादुर तामाङ गम्भीर घाइते भएका छन् ।

पैदल हिँडिरहेका बेला गैँडाले आक्रमण गर्दा सोही ठाउँका तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खुट्टामा गम्भीर चोट लागेका उनको अहिले कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

चितवन निकुञ्ज आसपास क्षेत्रमा वन्यजन्तुले हरेक वर्ष मानिसमाथि आक्रमण गर्ने र खेतीबाली नष्ट गर्ने गर्छ । विद्युतीय तारबार लगाइए पनि प्रभावकारी हुन सकेको छैन ।

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार १५:१७