२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

धादिङको इँट्टा उद्योगमा शक्तिशाली विस्फोट


७ जेठ, धादिङ । दक्षिणी धादिङको धुनीबेसी नगरपालिका–३ को जीवनपुर इँट्टा उद्योगमा आज अज्ञात समूहले विस्फोट गराएको छ । बम विस्फोटका कारण इँट्टा उद्योगको चिम्नी, जेनेरेटर, ट्र्याक्टरलगायतको सामग्रीमा क्षति पुग्दा रु छ लाख बराबरको नोक्सानी भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले बताउनुभयो ।

घटनाको अनुसन्धान भइरहेको र उद्योगमा विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । ६ महिनाअघि बिप्लव नेतृत्वको नेकपाले चन्दा मागेको र चन्दा नदिएकाले विस्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ । ६०० मजदुरले काम गर्ने उद्योगमा मजदुर नभएको मौकामा विस्फोट गराइएको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार १४:४१