२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

नुवाकोटमा जोखिममा रहेका १२ परिवारलाई सुरक्षित स्थानमा घडेरी प्रदान गरियाे


७ जेठ, नुवाकोट । नुवाकोटमा भूकम्पसँगै सुख्खा पहिरोले जोखिममा रहेको बस्तीमा बसोबास गर्दै आएका तादी–१ उर्लेनीका बाह्र परिवारलाई तादी–३ बुदुनेमा स्थानान्तरणका लागि घडेरी उपलब्ध गराइएको छ ।

भूकम्प र पहिरोले बस्ती बगाएपछि ती विस्थापित परिवारलाई चार रोपनी तीन आना जग्गा खरीद गरी प्रदान गरिएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिए ।

बुदुनेका शिवप्रसाद उप्रेती, चन्द्रमणि उप्रेती र लेखनाथ उप्रेतीबाट आवश्यक जग्गा खरीद गरी राष्ट्रिय पुनः निर्माण प्राधिकरणले विस्थापितलाई पुनः स्थापनाका लागि उपलब्ध गराएको हो । प्राधिकरणले उपलब्ध गराएको घडेरीको जग्गामा पाँच परिवारको श्रीमान–श्रीमतीकै नाममा संयुक्त जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) बनाइएको छ ।

उर्लेनीमा जोखिममा परेका ७३ मध्ये ५१ परिवारलाई यसअघि नै बुदुेनमा जग्गा खरीद गरी स्थानन्तरण गरिएको थियो । दश परिवार अझै जोखिम बस्तीमा बासोबास गर्दै आएकाले पुनः स्थापनाको प्रतीक्षामा रहेको तादी गाउँपालिकाका अध्यक्ष नारायण पाण्डेले बताए । तीन वर्षअघि भूकम्प र त्यसपछिको सुख्खा पहिरोले यहाँको ३२४ परिवारको बस्ती जोखिममा रहेको सरकारी भुगर्भविदतथ्यांकले देखाएकामा प्राधिकरणले उनीहरुको समयमै स्थानन्तरण नहुँदा दुर्घटनाको भय र पुनः निर्माणमा ढिलाइ भइरहेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार १४:२९