२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

विद्युत् चुहावटबाट आगलागी २५ लाखको क्षति


७ जेठ, म्याग्दी । म्याग्दीको रघुगंंगा गाउँपालिका–२ भगवतीमा विद्युत् चुहावट भई आगलागी हुँदा रु २५ लाखबराबरको धनमालको क्षति भएको छ ।


जगिन्द्र भण्डारीको घरमा आगलागी हुँदा ४ लाख नगद, १३ तोला सुनलगायतका धनमाल जलेर नष्ट हुँदा २५ लाखबराबरको क्षति भएको चौकीका प्रमुख ओमबहादुर बोगटीले जानकारी दिए ।

बिहान ७ बजेतिर लागेको आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घर जलेर ध्वस्त भएपछि भण्डारीका परिवारले आफन्तको घरमा आश्रय लिएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार १२:४६