२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

राष्ट्रकवि घिमिरे अस्वस्थ, ग्राण्डीमा उपचार हुँदै, विदेशबाट विशेषज्ञ चिकित्सक बोलाउने तयारी


७ जेठ, काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भएका छन । राष्ट्रकवि घिमिरेको मुटु, फोक्सो र मिर्गौलामा समस्या देखिएको छ । घिमिरेको अहिले धापासिमा रहेको ग्राण्डी अस्पतालमा उपचार हुँदैछ । राष्ट्रकवि घिमिरेको दिसामा पनि रगत देखिएको छ ।

उपचारका लागि विदेशबाट विशेषज्ञ डाक्टर बोलउने वा उहाँलाई नै बाहिर लैजाने भन्ने बारेमा अस्पताल प्रशासनसँग अहिले छलफल भइरहेको छ । घिमिरेका कान्छो छोरा राजिव घिमिरे दिएको जानकारी अनुसार यस अघिपनि यस्तै स्वास्थ्य समस्या हुने गरेको र अस्पताल लैजाने गरिएको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार १२:४५