२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

सय बढी महिलालाई कुवेतमा बेच्ने सिन्धुपाल्चोकका मोष्ट वान्टेड लामा दम्पत्ती कुवेतमा पक्राउ


७ जेठ, काठमाडौँ । चेलिबेटी बेचबिखनको गिरोह सञ्चालन गर्ने मोष्ट वान्टेड सिन्धुपाल्चोकका लामा दम्पत्ती कुवेतमा पक्राउ परेका छन । सिन्धुपाल्चोक ठुलोपाखर स्थायी घर भएका मिना लामा र उनका श्रीमान श्याम कुमार लामालाई पक्राउ गरेको हो ।

दुबई प्रहरीले उनीहरुलाई कुवेतबाट पक्राउ गरेको हो । सय बढी महिलालाई कुवेतमा बेचेको आरोप लगेका लामा दम्पत्तीको नाममा इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो ।

पक्राउ परेकी मिनालाई प्रहरीले इन्टरपोलको सहयोगमा आइतबार नेपाल ल्याएको छ भने उनका श्रीमानलाई आगामी साता ल्याउने तयारी भएको छ । उनीहरु कुवेतमै बसेर बेचबिखनको धन्दामा सक्रिय रहेका खुलेपछि नेपाल प्रहरीले रेड कर्नर नोटिसका लागि प्रक्रिया अघि बढाएको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार ०८:०७