५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सन्दीपको उत्कृष्ट प्रदर्शनमा दिल्ली जित्यो, मुम्बई आईपीएलबाट बाहिरियो

६ जेठ, काठमाडौँ । आइपिएलको प्लेअफमा पुग्न जित्नैपर्ने खेलमा दिल्ली डेयरडेभिल्ससँग ११ रनले हारेपछि मुम्बई बाहिरिएको छ । १ सय ७५ रनको लक्ष्य पछ्याएको मुम्बई खेल सकिन ३ बल बाँकी छँदै १ सय ६३ रनमा अलआउट भयो ।

मुम्बईका एभिन लेविसले ४८ र बेन कटिङ्सले ३७ रन बनाएपनि टिमलाई जिताउन भने सकेनन् । लेविसले ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए भने कटिङ्सले २० बलमा २ चौका र ३ छक्का हाने । दिल्लीका लागि सन्दिप लामिछाने, अमित मिश्रा र हर्षल पटेलले तीन तीन विकेट लिएपछि मुम्बई पराजित भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएपछि मुम्बईले १ सय ७५ रनको लक्ष्य पाएको हो । फिरोज साह कोटला मैदानमा भएको खेलमा घरेलु टोली दिल्लीका ऋषभ पन्तले ६४ र विजयशंकरले नटआउट ४३ रन बनाए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आईतवार २१:३५