१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

चितवनको रत्ननगर बाणिज्य संघका अध्यक्ष रेग्मीका छोरा सहितले विद्यार्थीको हत्या प्रयास गरेको खुलासा


६ जेठ, काठमाडाैँ। चितवनको खैरेनी नगपालिका वडा नम्बर ३ मा रहेको सैनिक आवासिय महाविद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रीनव लामिछानेमाथि हत्या गर्ने प्रयास भएको भन्दै पीडित परिवारले सत्य तथ्य बाहिर आउनुपर्ने माग गरेको छ ।

रिपोर्टर्स क्लब नेपालमा पीडित परिवारले पत्रकार सम्मेलन गरेर गत बैशाख २८ गते लामिछानेलाई राति ३ बजे सोही स्कुलमा पढ्ने कृष थापा, रिवाज रेग्मी र अनिश श्रेष्ठले कुपिट गर्दै ज्यान लिनेसम्मका अपराधिक क्रियाकलाप गरेको भन्दै उक्त घट्नाका बारेमा प्रशासन बेखबर रहेको समेत आरोप लगाएको छ ।

श्रीनवकी आमा सृजना लामिछानेले दोषीलाई कारबाहीको माग गरेकी छन् । उनले भनिन्,‘हामीले भरोसा गरेको स्कुलमा यस्ता घट्नाहरु हुनु स्वभाविक रुपमा लिन सकिँदैन, समुहमा मिलेर ज्यान मार्ने सम्मको योजना बनाएर रातिको समयमा बाथरुममा लगेर कुटपिट गर्नुलाई हामीले के भन्ने ? यस विषयमा प्रशासन पनि बोलेको छैन्, सैनिक महाविद्यालयले पनि कुनै जवाफ दिएको छैन्, आज मेरो छोराको अवस्था ठीक छैन्, आगामी दिनहरुमा उसको भविष्य के हुने ? कसरी उसले आफ्नो जिन्दगी चलाउने ?’

उनले अघि थपिन्,‘बाहिर आएको यो एउटा उदाहरण मात्रै हो, यस्ता तमाम घट्नाहरु लुकाउने काम विद्यालयले गरेको छ, समुह बनाएर मान्छे मार्नेजस्तो अपराधिक कार्यमा संलग्न विद्यार्थीहरुलाई कानून बमोजिम कारबाही गर्न सरकारसँग माँग गर्दछु।’ घटनाका दोषी रेवाज रेग्मिका बुबा राजराम रेग्मी चितवनको रत्ननगर उधोग बाणिज्य संघका अध्यक्ष हुन । उनले पावर देखाएर घटना लुकाउने भन्दै स्कुल प्रशासन सङ मीलोमतो गरेको आफन्तले गुनासो समेत गरेका छन । चितवन प्रहरी पनि हामीलाई सघाए जस्तो गरे पनि तेही क्षेत्रका साम्सद को कुरा सुनेर हाम्रो पीडामा साथ नदिएको आरोप छ ।


पत्रकार सम्मेलनमा पीडित लामिछानेकी काकी स्वीकृति पौडेलले उक्त घट्नालाई गुपचुप राख्नको लागि सैनिक महाविद्यालय र राजनीतिक शक्तिहरु लागेको खुलासा गरेकी छन् । उनले भनिन्,‘यस्तो अपराधिक कार्यलाई गोप्य राख्नको लागि चितवनका राजनीतिककर्मी र सैनिक महाविद्यालय लागि रहेको छ, यस कार्यले हाम्रो जीवनको सुरक्षाको विषय कति भत्केको छ भन्ने थाहा हुन्छ ।’

पीडित विद्यार्थी श्रीनव लामिछानेले तीन जनाको समुह मिलेर आफ्नो ज्यान लिने उद्देश्यकासाथ आक्रमण गरेको जिकिर गरेका छन् ।

उनले भने,‘गत बैशाख २८ राति ३ को घट्ना हो, कृष थापा, रिवाज रेग्मी र अनिस श्रेष्ठले मलाई कुटे, कोहीले मुख थुने, कसैले घाँटी थिचे, त्यसपछि म बोल्न नसक्ने स्थितिमा पुगेको बेला अरु केही साथीहरुले थाहा पाएपछि मलाई बचाएका हुन ।’

त्यो घट्ना भन्दा पहिले कुनै झगडा थियो भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने,‘कुनै त्यस्तो झगडा थिएन, कसैसँग रिसिईबि थिएन, तिनीहरुले स्कुल बन्द गर्नको लागि मलाई मार्न खोजेको हुन जस्तो लाग्छ ।’

उनले भने,‘कुनै एउटाले गल्ति गर्यो भने समुहमा भएका विद्यार्थीहरुले कुटाई खानुपर्ने, गल्ति एउटाले गर्छ कारबाही सबैले भोग्नुपर्ने स्थिति हुन्थ्यो, विद्यालय बिदाको लागि ममाथि यस्तो आक्रमण भएको हो ।’

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आईतवार २०:०५