२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

इटालियन अभिनेत्री अर्जेन्टोमाथि यसरी भएको थियो बलात्कार (भिडियोसहित)


६ जेठ, काठमाडौँ । इटालियन अभिनेत्री आसिया अर्जेन्टोले कान्स फिल्म फेस्टिभलको क्लोजिङ्ग स्पीचका क्रममा आफूमाथि भएको बलात्कारको बारेमा बताएकी छिन । सन १९९७ मा कान्स फिल्म फेस्टिभलमा हार्वेले आफूमाथि बलात्कार गरेको अर्जेन्टोले बताएकी छिन । हार्वेलाई करिव ५० जना महिलाहरुले यौन शोषणको आरोप लगाएका छन । कान्स फिल्म फेस्टिभलको क्लोजिङ सेरोमनी स्पीचमा अर्जेन्टोले भनिन, ‘सन् १९९७ मा यही कान्स फेस्टिभलमा हार्वेले मेरो बलात्कार गरेका थिए । त्यतिबेला म २१ वर्षकी थिएँ । यो फेस्टीभलमा उसले यौन शोषणको अखडा बनाएको थियो ।’

हेर्नुहोस् भिडियो

 हलिउड फिल्म प्रोड्यूसर हार्वे विन्स्टिनद्वारा अभिनेत्रीहरुमाथि गरिएको यौन शोषणको विषय यस वर्षको ‘कान्स फिल्म फेस्टीभल’ मा चर्चाको विषय बनिरह्यो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आईतवार १६:२२