२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

एसपी श्रेष्ठले बन्द गराए मकवानपुरका अवैध क्रसर उद्योग


६ जेठ, काठठमाडाैँ । जिल्ला समन्वय समितिका कर्मचारी र स्थानिय प्रशासनको मिलेमहतोमा नबिकरण नभएपनि संचालनमा रहेका मकवानपुरका क्रसर उद्योगहरु प्रहरीको एक्लो प्रयासमा बन्द गरिएको हो । नबिकरणनै नभई संचालनमा रहेका जिल्लाका क्रसर उद्योगहरु मकवानपुरमा भर्खरै आउनुभएका प्रहरी उपरिक्षक लाकेन्द्र श्रेष्टको नेतृत्वमा बन्द गरिएको हो । कुनैपनि उद्योग, कलकारखाना नबिकरण गरेर मात्र संचालन गर्नुपर्ने नियम छ , तर नबिकरण बिनानै क्रसर उद्योगहरु संचालनमा रहेको र बिधुतको रकम समेत नतिरेको पाइएकाले बन्द गरिएको मकवानपुरका प्रहरी उपरिक्षक लाकेन्द्र श्रेष्टले बताउनुभयो ।

सबै क्रसर उद्योगमा प्रहरी खटाएर क्रसर उद्योगका कागजातहरु ल्याउनका लागि निर्देशन दिइएको बताउँदै प्रहरी उपरिक्षक श्रेष्टले भन्नुभयो,’गैर कानुनी ढंगले क्रसर उद्योगहरु संचालन गर्न त मिलेननी ? सबैको जनगुनासो आएकाले क्रसर उद्योगमा प्रहरी खटाएर नबिकरण गरेर मात्र चलाउनका लागि निर्देशन दिइएको छ । एक हप्ता भित्रमा सबै क्रसर उद्योगका कागजपत्र समेत ल्याउनका लागि भनिएको छ ।’

अबैधानिक ढंगले क्रसर उद्योग संचालन गर्ने र बिधुतको महसुल समेत नतिरेको पाइएकाले प्राधिकरण संग र स्थानिय तहसंगको सहकार्यमा क्रसर उद्योग बन्द गरिएको प्रहरी उपरिक्षक श्रेष्टले बताउनुभयो । क्रसर उद्योगको मापदण्ड, अरु सबै कागजातहरु लिएर आउनका लागि क्रसरलाई निर्देशन दिइएको छ । नबिकरण बिनाका क्रसर उद्योगहरु बन्द गरे संगै अरु तीन वटा बालुवा उत्पादन गर्ने उद्योग पनि बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक दिलीपराज झाले बताउनुभयो ।

हेटौंडा १४ मयुरधाप, हेटौंडा १६ हटिया र बकैयाको हात्तिसुढेमा रहेको बालुवा उत्पादन गर्ने फिरफिरे उद्योग पनि बन्द गरिएको झाले बताउनुभयो । बालुवा उद्योगको आफ्नै मापदण्ड रहेको छ । त्यो मापदण्ड कसैले पनि पुरा नगरेकाले बन्द गरिएको हो । स्थानिय तहसंगको सहकार्यमा क्रसर उद्योगहरु बन्द गरिएको हो । मकवानपुरका नबिकरण नभएका क्रसर उद्योगहरुलाई प्रशासन र समन्वय समितिको मिलेमहतोमा अनाधिकृत रुपले खोला उत्खनन् गर्न दिएर क्रसरको प्राङगनमा नदिजन्य सामाग्रीहरु थुपारिएको छ ।

खोला उत्खनन्को बिषयमा स्थलगत अनुगमन समितिले नबिकरण नभएका क्रसर उद्योगहरु बन्द गर्नुपर्ने, क्रसर उद्योगमा थुपारीएका ढुङगा, गिट्टी, वालुवाहरु जफत गर्नुपर्ने, क्रसर उद्योगमा नदिजन्य सामाग्रीहरु लैजान नपाउने भनेर प्रतिबेदन स्थानिय प्रशासनलाई दिएको छ । त्यसको ठिक बिपरित खोला उत्खनन् गरिएपछी अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा कार्यालयले जिल्ला समन्वय समितिका समन्वय अधिकारीलाई अहिले पनि अनुसंधान गरिरहेको छ ।

प्रसाशनको चाला बुझ्ने गाह्रो

क्रसर उद्योगहरु बन्द गर्ने बिषयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले भने स्थानिय तहसंग समन्वय गरेर बन्द गर्नु भने बन्द गर्नु र खोल्नुभने खोल्नु भनेर प्रहरीलाई निर्देशन दिएको बताउनुभयो । अहिले बन्द भएको बिषयमा आफुलाई जानकारीमा नआएको बताउनुभयो । यता जिल्ला समन्वय अधिकारी मैनालीले भने क्रसर उद्योग बन्द भएको वा नभएको भन्ने आफुलाई जानकारी नभएको बताउनुभयो ।

प्रहरीको निर्देशन पछी आफुहरुले क्रसर उद्योग बन्द गरिएको उद्योगिहरुले बताएका छन् । क्रसर उदोग बन्द भएपछी बिकास निर्माणका कामहरु प्रभावित हुने बताउँदै क्रसर ब्यवसायी संघ मकवानपुरका अध्यक्ष राजाराम कार्कीले लिखीत रुपमा क्रसर बन्द गर्नु नभनिएको र मौखिक रुपमा मात्र भनिएको बताउनुभयो । क्रसर बन्द गर्नुभनेर आफुहरुलाई लिखीत आउनुपर्ने उहाँको भनाई छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आईतवार १४:३१