डा भीमबहादुर रावलको नीति, नैतिकता र नियत
-सुरेश भण्डारी
डा भीमबहादुर रावल एक खरा नेता र स्पष्ट बक्ताको रुपमा चिनिन्छ । लामो समयदेखि कम्युनिष्ट राजनीतिमा रहेका उनी तत्कालीन नेकपा एमालेको नवौँ माहधिबेशनबाट उपाध्यक्षमा अत्यधिक मतले विजयी भए । उनी संविधान निर्माण र त्यसपछी को भारतीय नाकाबन्दी ताका ओली बिचारकोविरूद्धमा लागेनन् । तर अहिले ओलीको सबै भन्दा ठूलो आलोचकको रुपमा देखा परेका छन । उनलाई नजिकबाट चिन्ने सहकर्मीका अनुसार रावल अलि रुखो स्वभावका छन । उनलाई आफू हार्न मन पर्दैन र आफूले चाहेको जस्तो भएन भने जुनसुकै हदमा गएर भने पनि बिरोध गर्न पछिपर्दैनन् ।
रावलको यस्तै स्वभावका कारण सुदुरपश्चिमका अधिकांश नेताले साथ छोडिसकेका छन । रावललाई बुझ्न अहिले मिडियामा आएको कुरा मात्र पर्याप्त हुँदैन यीनको राजनैतिक यात्रा मुख्य रुप बुझ्नुपर्छ । रावलका अनुसार २०३६ मा विद्यार्थी संगठनको अध्यक्ष पद टंक कार्कीका लागि छोडिदिएका थिए तर उनको यो कुरा उनका समकालीन नेताहरु पत्याउँदैन रावल त्यस बखत सुदुरपश्चिमबाट केन्द्रिय सदस्य मात्र भएका थिए ित्यसपछीका उनको अधिकांस समय बिभिन्न एनजिओ आइएनजिओको कामा बित्यो । २०४६ को आन्दोलन ताका पनि बिदेश तिर कुनै आइएनजिओको काममै व्यस्त थिए रावल ।
प्रजातन्त्रको पुनर्बहालीपछि उनी नेपाल फर्किए र तत्कालीन अन्तरिम सरकारका कृषीमन्त्री झलनाथ खनालको स्वकीय सचिवमा नियुत्त भए ।हुनत हालै उनले त्यस बखत मन्त्री बन्न आफूलाई प्रस्ताव आएको तर आफूले नै झलनाथलाई बनाउन भनेको बताएका छन जुन झलनाथ र तत्कालीन एमालेका अरु नेताले जानुन । त्यसपछी रावल एमालेको अल्पमतको सरकारमा मन्त्री बने । उक्त नौ महिने एमालेको शासनकाललाई आहिले पनि स्वर्ण काल भनिने गर्छ । तर त्यही नौ महिने कालमा पनि विवादमा आएका मन्त्री मध्ये एक रावल थिए ।
रावल त्यतिखेर पर्यटन मन्त्री थिए । उनल त्यस बखत उत्तरी क्षेत्रको केही हिमालयमा आरोहणको नाममा अमेरिकी जासुसी संथाबाट ४ लाख डलर कमिसन लिएर चीनको जासुसी गर्न अत्याधुनिक जासुसी उपकरण जडान गर्न दिएको भनेर तत्कालीन मालेका नेताहरूले चर्चा गर्ने गरेका छन । छैठौँ महाधिबेसन ताका योगेश र रुपनारायणहरुसँग बिबाद हुँदा आफ्ना सहयोगीहरु मार्फत तीनलाई आक्रमण गर्न लगाएको उनका समकालीन नेता अहिले पनि बताउँछन ।
२०५५ मा नेपाली काङ्रेशको नेतृत्वमा गठन भएको चुनावी सरकारमा पनि रावल पर्यटन मन्त्री भए । यो कार्यकाल रावलको झनै विवादास्पद रह्यो । तत्कालीन शाही नेपाल वायुसेवा निगमको लागि बिना टेण्डर महँगो मा चाइना साउदर्नको विमान भाडामा लिइ निगमलाई करौडोँ घाटा लगाएको आरोप पनि उनी माथि छ । त्यसबखत उक्त विमान प्रतिघण्टा ३ हजार १ सय पचास डलर तिरेर भाडामा लिएको थियो । तर त्यती खेरको बजार अनुसार उक्त विमान २ हजार ५ सय ५० डलर प्रति घण्टामा प्राप्त हुन सक्ने थियो भनि कर्मचारीले आन्दोलन नै गरेका थिए । उक्त काण्डको करोडौंको भ्रष्ट्राचार भएको भन्दै तत्काली शानेबानी का कर्मचारी तथा पाइलटहरु आन्दोलनमा उत्रदा त्यहाँको सेवामा समेत असर परेको थियो । पछि त्यही काण्डमा बिरोध गरेको भन्दै केहि पाइलटहरुलाई जागिरबाट निकालिएको थियो ।
त्यसपछिको केही समय रावल राजनीतिमा खासै चर्चामा आएनन् । पहिलो संबिधानसभामा आफु अनुकुल परिस्थिति नदेखेपछि रावल प्रत्यक्ष चुनावमा होमिन डराए र आफूलाई समानुपातिकतर्फ राख्न सफल भए । संबिधानसभामा माधबकुमार नेपालको नेतृत्व मा होमिएको एमालेले नराम्रो हार ब्यहोर्यो र नेपालले नैतिकताको आधारमा महासचिवबाट राजिनामा दिए । नेपाल आफैँ पनि २ क्षेत्र बाट पराजित भएका थिए ।
रावलले पहिलो संविधानसभाको निर्वाचनपछिको सरकारमा जान पनि मरिहत्ते गरे तर सफल हुन सकेनन् । त्यसपछि उनी छुट्टै क्षेत्रीय खस पार्टी गठन गर्ने कोसिसमा लागे र काठमाडौँको मीनभवनमा सुदुरपश्चिमका एमाले नेता कार्यकर्तको भेला गरे । तर उनले सोचेजस्तो साथ नपाउने भएपछि रावल रन्थनिय । त्यही समयमा पार्टीमा रावलमाथि कारबाही हुनुपर्ने माग सुनियो तर माधव नेपालले कारबाहीबाट जोगाए । नेपालको जोडमा रावललाई आत्मआलोचना गर्न भनियो र पछी उनले गल्ती स्विकार गरी आत्मआलोचना गरे ।
आठौ महाधिबेशनमा रावल नेपाल समूहबाट पदाधिकारीमा प्रतिश्पर्धा गरे तर उनी जित्न सकेनन् । लामो समयसम्म उनले हारलाई स्विकार्न सकेनन् । पदधिकारीमा पराजित भए पनि उनी केन्द्रिय कमिटीमा निर्बाचित भएका थिए तर हारेको तुष मा लामो समय सम्म केन्द्रिय सदस्यको सपथ खाएनन् बरू खस पार्टी खोल्ने धम्की दिइरहे । पछी माधब नेपाल दुइ क्षेत्रबाट हारे पनि मनोनित कोटामा संविधानसभामा छिरेर प्रधानमन्त्री पड्काए । त्यसपछि उनले रावललाइ गृहमन्त्री बनाए । त्यसपछि रावलको असन्त्रुष्टको लेभल डाउन भयो र पार्टी केन्द्रीय सदस्यको सपथ पनि खाए ।
रावल तीनै व्यक्ति हुन जसले एमआरपी भारतलाइ छाप दिने निर्णय गराउन महत्वपूर्ण भूमिका खेले । यद्यपी चर्को जनदबाब र खबरदारीपछि सरकारले त्यस निर्णय फिर्ता लिएको थियो । रावलले भारतको चाकरीमा कतिसम्म गरे भन्ने त त्यस सरकारका मन्त्रीहरूले बुझेकै छन । उनले प्रधानमन्त्रीको हैसियतामा माधव नेपालको भारत भ्रमणको पूर्व सन्ध्यामा आफ्ना नागरिक न्यूरोडबाट पक्रेर भारत पठाउन लगएका थिए । यद्यपी पछि भारतले आफूले खोजेका व्यक्ति त्यो नभएको भन्दै रिहाइ गरेको थियो ।
रावल गृहमन्त्री रहेकै बखत सुत्र प्रयोगको नाममा खर्च हुने दैनिक ५०००० हजारसम्मको रकमबारे पनि धेरै आबाज उठेको थियो । उक्त रकम दुरुपायोग गरी उनका पि ए तथा नाताले भातिजो पर्ने झपट रावल मार्फत नजिकका ब्यक्त्तीहरुलाई बाँडेको भन्दै तत्कालीन एमालेभित्र बहस नै सिर्जना भएको थियो ।
आफुलाई प्रखर राष्ट्रबादीका रुपमा उभ्याउने रावललाई अमेरिकी दुताबासको बाहिर आएको एक गोप्य पत्रमा दुताबासको क्लोज कन्ट्याक्ट भनि सम्बोधन गरिएको छ तर रावल उक्त कुरा मान्न राजी छैनन् । हुनत तत्कालीन मालेका नेता योगेश भट्टराइ, रुपनारायण श्रेष्ठ, घनश्याम भुसाल लगायत ले पनि भिम रावल अमेरिकि जासुसी संथा सिआइएको लागी काम गर्ने ब्यक्त्ती भनेर २०५५ सालबाटै आरोपहरू लागेका थिए । पछि उनले त्यो आरोप पखाल्नका लागि एमसीसीको चर्को बिरोध गरेर आफूलाइ घोर राष्ट्रवादी बनाउने कोशिश गरे तर जनताले सत्ताको भोकले रावलमा कुण्ठा बढेको व्याख्या गरिदिए ।
अहिले वर्तमान सरकार ढाल्नुपर्छ भनेर अग्रमोर्चामा रहेका रावलको गतिबिधि दिन दुगुना र रात चौगुनाको गतिमा बढेको छ । मन्त्री बन्नकै लागि उनमा देखिएको छटपटीमा पार्टीका धेरै नेताले साथ दिने अवस्था पनि देखिएन् । सरकार ढाल्न गरिएको गुट भेलामा समेत उनको जस्तो चर्को स्वर अरूले गरेनन् । सरकारका कमीमजोरी सच्चिनुपर्छ तर नेतृत्व परिवर्तनको कुरा असम्भव छ भनेपछि उनी रन्थनिएका छन । रावल उपप्रधानसहित परराष्ट्रमन्त्री बन्न चाहन्थे तर ओलीले बनाएनन् । भोलि पनि ओली प्रधानमन्त्री हुँदासम्म रावलको त्यो सपना सहजै पूरा होला जस्तो देखिदैन । केही दिनअघि संसदीय समितिको बैठकमा रावलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली माथि गरेको व्यक्तिगत कटाक्षले पनि उनी कतिको प्रतिशोधको राजनीति गर्छन भन्ने सहजै बुझ्न सकिन्छ ।
रावल गृह्, पर्यटन, रक्षा जस्ता महत्वपुर्ण मन्त्रालयमा रहदा उनले देखिनेगरी के काम गरे रु आज धेरैको प्रश्न यही छ । रावलले अहिले कालानीनको विषयलाइ लिएर जसरी कन्दनी कसेर सरकारविरूद्ध लागिरहेका छन यो उनकोमात्र नियति हैन । यसमा उनको गुटको पनि ठूलै योगदान छ । सुदुरपश्चिमका नेताभनेर अखण्डका नाममा आफैँ आन्दोलन उकास्ने भीम रावलले अहिलेसम्म कतिपटक कालापानी पुगे रु लिपुलेक कतिपटक टेके ? वा लिम्पियाधुरामा कतिपटक टेके ? वा लिपुलेक र कालापानी अाँखाले देख्ने काम समेत गरेका छैनन् । यसको जवाफ शायद रावलसँग नै छैन । उनले नेकपाको सुदुरपश्चिम प्रदेशको राजनीतिक दस्तावेजमा कतिपटक नेपाली भूमिमाथिको अतिक्रमण रोक्ने विषय उल्लेख गरेर अर्थात माग बुलन्द गरेँ ? आज सबैले खोजेको यही हो म पनि यसकै खोजीमा छु ।
(दैनिकीको यस स्तम्भवमा प्रकाशित हुने विचारले दैनिकीको संस्थागत प्रतिनिधित्व गर्दैन । यो स्वयं लेखकहरूको निजी विचार हो ।)
प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलवार ०९:२४