४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वाणिज्यमन्त्री यादवलार्इ थप उपचारका लागि थाइल्याण्ड लगिदैँ

६ जेठ, काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिने भएको छ । चिकित्सकको सल्लाहअनुसार उनलाई आज थाइल्याण्डको ब्रुमग्राड अस्पताल लैजान लागिएको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए । आज अपराह्न १.३० बजे थाई एयरको जहाजबाट थाइल्याण्ड लगिने प्रबन्ध मिलाइएको छ ।

लामो समयदेखि छालाको संक्रमण, टाउकाको समस्या तथा कम्मरमुनिको भाग नचल्ने भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केही दिन पहिले उनलाई भेटी सम्भव भएसम्म स्वदेश र नभए विदेशमा उपचारको प्रबन्ध गरिने बताएका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आईतवार १२:५६