दुई महिने शिशुसहित थप १७ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ९९ पुग्याे
२४ वैशाख, काठमाडाैँ । दुई महिने शिशुसहित थप १७ जनामा काेराेनाकाे संक्रमण पुष्टि भएकाे । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परिक्षणबाट उनिहरूमा काेराेना पुष्टि भएकाे हाे ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएका सबै पर्सा जिल्लाका हुन्। उनीहरूमध्ये १० पुरूष र ७ महिला छन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाले जानकारी दिए। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ।
प्रकाशित मिति : May 6, 2020 at 4:29 pm









