४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रूकुममा ट्र्याक्टर दुर्घटना परी २ जनाकाे मृत्यु

५ जेठ, रूकुम । रुकुम पूर्वको भूमे गाउँपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको काम सकेर गाउँ फर्कँदै गरेका कामदार चढेको ट्र्याक्टरको ट्रली(पछाडिको भाग) सडकबाट चिप्लिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गाउँपालिका–१ पञ्चासेमा रा १ त २२६१ नंको ट्र्याक्टर दुर्घटनामा परी सोही ठाउँका ४० वर्षीय गणेश भण्डारी र तुलसीपुर उपमहानगरपालिका दाङका ३२ वर्षीय चूडामणि चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

घाइते १४ जनामध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेको अहिले रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७५, शनिबार १२:०२