सन नेपाल लाइफको निमित्त सीईओमा फूँयाल नियुक्त
२५ चैत, काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कवि फूँयाल नियुक्त हुनुभएको छ । चैत २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फूँयाललाई निमित्त सीईओको जिम्मेवारी प्रदान गरेको हो ।
उहाँ हाल कम्पनीमा वरिष्ठ उप–प्रमुख कार्यकारीको रुपमा कार्यरत हुनुहुन्छ ।
प्रकाशित मिति : 10:49













