१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

फुटबलर समीक्षाको उपचारका लागि सहयोग जुटाइँदै

२१ वैशाख, काठमाडौँ । आँखामा गम्भीर चोट लागेकी महिला फुटबल खेलाडी समीक्षा मगरको उपचारका लागि आर्थिक सहयोग जुटाउने अभियान थालिएको छ । यु–१६ महिला फुटबल टोलीकी खेलाडी मगरको उपचारका लागि शनिबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को महिला विभाग प्रमुख एवं महिला फुटबल टोलीका पूर्वप्रशिक्षक हरि खड्काले शनिबार रु ५० हजार उपलब्ध गराउने घोषणा गर्नुभएको छ । नेपाली राष्ट्रिय महिला फुटबल टोली, महिला विभाग र पदाधिकारीको तर्फबाट उक्त सहयोग गरिने उहाँले बताउनुभयो ।

यस्तै मनाङ मस्र्याङ्दी क्लबले मगरको उपचारका लागि रु ३० हजार तथा एन्फा र विराट साङ्ग्रिला स्पोर्टस् क्लबले समान रु २५ हजार सहयोग गरेका छन् । लकडाउनअघि घर गएकी मगरको यही वैशाख १२ गते उदयपुरस्थित घरमा काम गर्ने क्रममा ढुङ्गाले लागेर आँखामा चोट लागेको थियो । उनको अहिले मोरङको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आईतवार ११:०१