५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

दुनियाले हेर्छ उठाएर आँखा
को बाँचेको छ र छुटाएर आँखा

न पानि न शीत यो आँशु के हो
हेर्न मन छ मलाई त फुटाएर आँखा
**
सयमा सय कसको हुन्छ र
सधैलाई बिजय कसको हुन्छ र

अनिश्चित छ भोलि के हुनेछ
यात्रा आजै निश्चय कसको हुन्छ र
*****
कहिल्यै नरुझेको आँखा कसको होला
मुटु त एउटै हो नि शाखा कसको होला

अचेल लाग्छ जिन्दगि ब्यर्थै बाचियो
यो मन रसाउने भाका कसको होला
*****
टिलपिल थिए पिर थियो आँखा भित्र
खसाएर लडाई उसको भिर थियो आँखा भित्र

र त अविरल बगिरहे आँशु धारा
बगाउन बाँकी उसकै तस्बिर थियो आँखा भित्र
*****
पाउने चाहनामा तिमीलाई मात्र
भेट्न बहानामा तिमीलाई मात्र

यो प्राण भन्दा बढी माया गर्थे
कुनै जमानामा तिमीलाई मात्र

Name : Bishnu Raigain
ठेगाना :साँफेबगर १३ बाब्ला, अछाम
हाल : Valley Engineering college,koteshwar, kathmandu
News anchor at BIZZ FM 94.9 MHZ,KTM

प्रकाशित मिति : ५ जेष्ठ २०७५, शनिबार ०९:०६