१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नयाँ शैक्षिक सत्र लकडाउन खुलेपछि मात्रै सुरु गर्न अनेरास्ववियूको सुझाव

१३ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे भ्रतृ संगठन अनेरास्ववियूले लकडाउन खुलेपछि मात्रै नयाँ शैक्षिक सत्र सुरु गर्न सुझाव दिएको छ । शनिबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलाई शिक्षा मन्त्रालयमा भेटेर लकडाउन खुलेपछि मात्रै नयाँ शैक्षिक सत्र सुरु गर्न सुझाव दिएको हो ।

अनेरास्ववियूका संयोजक ऐन महरको नेतृत्वमा गएको टोलीले शिक्षामन्त्री पोखरेलाई विश्वविद्यालयका स्थगित परीक्षा लकडाउन खोलु लगत्तै लिन पनि सुझाव दिएको छ । टोलीले लकडाउन खुलेपछि कक्षा ११ को परीक्षा होम सेन्टरमै लिन स्वतः ग्रेडिङ गर्न सकिने सुझाव सुझाव दिएको छ । संयोजक महरले कक्षा १२ को भने अनिवार्य परीक्षा गरिनुपर्ने सुझाव दिएको छ ।

संयोजक महरले सबैको पहुँचमा पुग्ने गरी शिक्षण संस्थाहरूमा अनलाइन कक्षा सञ्चालन सञ्चालन गर्नु पर्ने र त्यसका लागि नेपाल टेलिकमसँग समन्वय गरी डाटा र भ्वाइस कल निःशुल्क व्यवस्था गर्न मन्त्रीलाइ सुझाव दिएको बताए । भेटपछि शिक्षामन्त्री पोखरेलले लकडाउन खुले पनि त्यस लगत्तै शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने बताए । विद्यार्थीहरूको संख्या धेरै हुँदा कक्षा कोठामा सामाजिक दुरी कायम गर्न मुस्किल हुने भएकाले शैक्षिक संस्थाहरू लकडाउनपछि सबैभन्दा अन्तिममा सञ्चालन गरिने बताए । उनले अखिलको सुझाव महत्वपूर्ण रहेको भन्दै कार्यान्वयन लैजाने प्रतिवद्धता पनि जनाए ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार २१:३३