१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

काठमाडौँमा आरडिटी परीक्षण गराउने बढ्दै

९ वैशाख, काठमाडौँ । सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षणलाई तीव्रता दिएसँगै काठमाडौँ महानगरपालिकामा परीक्षण गराउनेहरु बढ्न थालेका छन् । केही दिनअघि काठमाडौँकै सनसिटी अपार्टमेन्टमा बसेकामा कोरोना पोजेटिभ देखिएसँगै परीक्षण बढाइएको हो ।कामपामा गत बुधबारदेखि शुरु भएको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा अहिलेसम्म ८०८ जनाले परीक्षण गराएकामा ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । कूल ३२ वडा रहेको कामपामा हालसम्मा २५ वटा वडाका शङ्कास्पद व्यक्तिको परीक्षण भएको छ । विदेशबाट फर्किएर यहाँ बसोबास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाको पनि परीक्षण शुरु भएको छ ।


परीक्षणको क्रममा कोही छुटेका हुन सक्ने र त्यस्तो जानकारी भएमा सम्बन्धित वडा कार्यालय वा नजिकको प्रहरीमा खबर गर्न कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आग्रह गर्नुभयो । कामपा शहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास बज्राचार्यका अनुसार सोमबार मात्रै वडा नं। ६, ७, ८ र ९ का १६८ जनाको परीक्षण गरिएको र अब वडा नं। १, २ ३, ११, २८, २९ र ३० वडाको परीक्षण बाँकी छ । महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले गत फागुन १८ पछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका ३२१ जनाको विवरण सङ्कलन भएको बताउनुभयो ।

प्रकाशित मिति : April 21, 2020 at 8:59 am