९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

भारतले वैशाख २१ गतेसम्म लम्ब्यायो लकडाउन

२ वैशाख, काठमाडौँ । भारतले ३ हप्ताका लागि लकडाउन थपेकाे छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सम्बोधन गर्दै मे ३ अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् । भारतले यसअघि गरेको ३ हप्ताकाे लकडाउनकाे समय भाेली सकिँदै छ ।

मोदीले भारतले समस्या बढ्छ भनेर नपर्खी तीब्र गतिमा फैसला गरेर कोरोनालाई नियन्त्रण गर्ने प्रयास गरेको बताए। उनले आगामी एकसाता अर्थात अप्रिल २० सम्म लकडाउनलाई कडाइकासाथ लागु गरिने समेत बताएका छन्।

 

 

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलवार १०:५५