१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आरडीटी परीक्षण गर्दा पेप्सिकोलाका एकै परिवारका तीन जनामा कोरोना पोजेटिभ

१ वैशाख, काठमाडाैँ । र्‍यापिड डायग्नोस्टिक टेस्ट किट (आरडीटी) परीक्षण गर्दा पेप्सिकोलाका एकै परिवारका तीन जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अहिले उनीहरूलाइ पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरेर थ्रोट स्वाव झिकि पीसीआरका टेष्टका लागि केन्द्रीय प्रयोगशालामा पठाउने तयारी गरिएको छ ।

पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीनै जनामा कोरोना पोजेटिभ देखिएको हो । अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु गत ५ चैतमा लण्डनबाट काठमाडाैँ आएका हुन् । उनीहरूको थ्रोट स्वाव झिकेर पीसीआरका लागि पठाउने तयारी भएको पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले पुष्टि गरेका छन । प्रहरीले अहिले बिल्डि‌ङलाई सिल गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार १८:५६