३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

चितवनमा ‘मिल्क होलिडे’ हुने संकेत, किसानहरु चिन्तित

–शिशिर सिंखडा
२ जेठ, चितवन । किसानहरुले उत्पादन गरेको दुध डेरी उद्योगहरुले उठाउन आलटाल गर्न थाले पछि मिल्क होलीडे हुने समस्या देखिएको किसानहरुले बताएका छन । बिभिन्न दुध डेरी उद्योग एवम कम्पनीहरुले उठाउदै आएको दुध उठाउन आलटाल गर्ने गरेको किसानहरुको गुनासो छ ।

दुग्ध उत्तपादक सहकारी संस्था मार्फत डेरी उद्योगहरुले उठाउने गरेको दुध लैजान ड्राईभर नभएको बहाना, गाडि नभएको वा बाटो जाम भएको भन्दै मिल्क होलीडे गर्न थालेको उनिहरुले बताएका छन । दुधको बजारिकरणमा देखिएको समस्याका बिषयमा आज (बुधबार) रत्ननगरमा आयोजित पत्रकार सम्मेलनान किसानहरुले सो कुरा बताएका हुन ।

भारतबाट आउने पाउडर र कच्चा दुधका कारण नेपालका किसानहरुले उत्पादन गरेको दुध उठाउन डेरी उद्योगले आनाकानी गरेको दुग्ध उत्पादक सहकारी संघका केन्द्रिय सदस्य भगिरथ तिमल्सिनाले बताए । चैत्र देखि जेठ सम्म अफ सिजन भएपनि उत्पादित दुध बिभिन्न बहानाका कारण उठाईएको छैन,उनले दुखेसो पोखे । हाल चितवनमा दैनिक ३ लाख लिटर दुध उत्पादन हुने गरेको छ । चितवनमा उत्पादन भएको दुध खरिपाटिी डेरी, तुलसा डेरी,आधुनीक डेरी उद्योग लताएत करिब ३ दर्जन नीजी र सरकारको स्वामित्मा रहेको दुग्ध बिकाश ंसंस्थानले खरिद गरि लैजाने गरेका छन ।

ब्यबसायिक पशुपालक कृषक समाज एवम नगर स्तरिय दुग्ध उत्पादक सहकारी समन्वय समिति रत्ननगरले आयोजना गरेको कार्यक्रममा समाजका अध्यक्ष किशोर बगालेले डेरी उद्योगले दुध लैजान समेत सहज रुपमा नमानेको तथा लगेको दुधको भुक्तानी पनि समयमै उपलब्ध नगराएको बताए । भारतबाट आएका दुग्ध जन्य पदार्थका कारण फेरी पनि नेपालमा मिल्क होलीडे हुने संकेत देखिएको भन्दै सरकारको ध्यानाकर्षण हुनुपर्ने बताएका छन ।

हाल नेपालमा दैनिक ४ लाख लिटर दुध अपुगद भएको भनिए पनि देश भित्रनै उत्पादन भएको दुधले बजार नपाउने अबस्थाले गर्दा किसानहरु बाध्य भएर आन्दोलन गर्ने अबस्थामा पुगेका छन, वगालेले भने । केहि डेरी उद्योगहरुले जेठ १ गतेबाट दुध उठाउन नसक्ने भन्दै सहरकारी संस्थालाई पत्राचार गरेको घटनाले मिल्क होलीडेको संकेत गरेको उनको भनाई थियो । किसानका समस्याहरु प्रति संबेदनशिल समेत संबन्धित निकाएलाई ध्यानाकर्षण गर्न चाहान्छा,ै बगालेको भनाई थियो ।

नगर स्तरिय दुग्ध उत्पादक शहकारी संस्थाका अध्यक्ष शिब कान्त पौडेलले किसानको समस्या सधै ओझेलमा परेको भन्दै लागत मुल्य घटाए र उत्पादनमा बढावा दिने खालको नीति ल्याउन समेत उनले सरकारलाई आग्रह गरे । देशको पुर्ब र पश्चिमी क्षेत्रमा मिल्क होलीडेको प्रभाब परिसकेको र चितवन लगाएत देशैभर यो समस्या देखा पर्दै गएको उनको भनाई छ ।

किसानलाई परेको समस्याहरु समाबेश गरी नेपाल सरकार, कृषि तथा भुमि सुधार मन्त्रालयमा ७ बुदे ज्ञापन पत्र समेत पेश गर्न लागेको आयोजकले बताएका छन । सो ज्ञापन पत्र चितवनका सबै नगर र गाँउपालिका साथै सम्बन्धित सबै सरोकारवला समक्ष पनि पेश गरिने बताईएको छ । यदि सो सम्बन्धमा सुनुवाई नभएमा आन्दोलनमा जान बाध्य हुने किसानहरुले चेतावनी दिएका छन ।

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार १५:३४