११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

राजन पराजुलीका चर्चित मुक्तकहरू


–राजन पराजुली

उ विधुवा थिई त्यसैले हेप्यो समाजले
एक्लो देखेर लगातार चेप्यो समाजले
युबा सबै धन कमाउन परदेश पसेपछि
धनी गरीब बिच विकृति खेप्यो समाजले

आजकल मन बहकिन्छ र त घर सम्झिन्छु
चुहुदै गरेको फेरी त्यो छानोको खर सम्झिन्छु
सहन नसकिने कत्ती गर्मी हुन्छ यँहा परदेशमा
शीतल दीने उँही आफ्नो गाँउको वर सम्झिन्छु

पिडामा यँहा मलम दल्नेको कमी छ
दुखाईमा सँगसँगै बल्नेको कमी छ
सबै जान्छन पुकार्न भगवान मन्दिर
अशायको लागि मुर्ती गल्नेको कमी छ

आमा सम्बन्ध छुट्छ की बिहे गर्न डर लाग्छ
परिवारको काख देखी पर सर्न डर लाग्छ
नजिक ठानिएका बाट धोका खाएदेखी
हिजो आज कसैको भर पर्न डर लाग्छ

जाने त सजिलै जान्छन यँहा,चोट दीएर
कहिलै नमेट्टिने मन भित्र ठुलो,खोट दीएर
उनी एकाएक सबैको अगि महान भईन
आफुले लगाएको गरीबलाई,कोट दीएर

न काल आयो न भात खादा दाल आयो
फेरी उस्तै वेदना लिएर पूरानो साल आयो
सरकार फेरीयो अब त केही होला भन्थे
भुकम्प पिडितलाई आज पनी त्रिपाल आयो

घरी तरवार दिन्छिन घरी कलम दिन्छन
चोट लाग्यो कि भन्दै घरी मलम दिन्छन
म यही कारण कहिलै प्रेम गर्दिन साथी
मायाको नाममा यँहा मुटुमा छलम दिन्छन

फेरी उस्तै आकाशमा कतै जुन देखीएन
ढाकिएको छ बादलले मनसुन देखीएन
मलाई जिताउनु परीवर्तन गर्छु भन्छ नेता
अह कहीलै जितेपछी उस्को गुन देखीएन

छोड्नेको नै याद कीन आँउछ घरी घरी
मन मुटुमा तस्विर कीन छाँउछ घरी घरी
त मेरो कोही होईनस भनेर जादा जादै पनी
उस्कै माया हरपल कीन लाँउछ घरी घरी

ऊ निर्दोसँ गरीब मार्यो,अनि नेता भयो
झुटो बचनको जालँमा पार्यो,अनि नेता भयो
गरीबलाई गासँ,बासँ अनि कपासँ दिन्छु भनि
सम्पत्ति आफ्नो नाम सार्यो,अनि नेता भयो

चितवन ट्विटरमा @rajanpjl

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार १५:२४