२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

विदेशमा रहेका नेपाली विद्यार्थीलाई सघाउँदै इक्यान

२४ चैत, काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले उच्चशिक्षाका लागि विदेशमा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्न आपतकालीन फारममार्फत् समस्या दर्ता लिन थालेको छ । उक्त फारममा संसारका कुनै पनि देशमा रहेका नेपाली विद्यार्थीले आफ्नो समस्या दर्ता गर्न सक्नेछन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विदेशमा अध्ययनरत विद्यार्थीहरु समस्यामा पर्न थालेपछि इक्यानले त्यस्ता विद्यार्थीलाई सहयोग गर्न ‘इक्यान कोभिड १९ आपतकालीन रजिष्ट्रेसन फारम’ को शुरुवात गरेको हो ।

इक्यानका अध्यक्ष प्रकाश पाण्डेका अनुसार विद्यार्थीलाई आइपर्ने समस्या समाधानका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सम्बन्धित देशका दूतावास, गैह्र आवासीय नेपाली सङ्घ (एनआरएनए), नेपालस्थित परामर्श सङ्घहरु, सम्बन्धित देशका परामर्श सङ्घ, कन्सलटेन्सी तथा विभिन्न सङ्घसंस्थासँग सहकार्य गरी सहयोग गरिनेछ । यसअघि नेपाल राष्ट्र बैंकले नेपालबाट अभिभावकले विदेशमा रहेका आफ्ना विद्यार्थीलाई बढीमा ५०० अमेरिकी डलर खर्च पठाउन सक्ने व्यवस्था भइसकेको छ । सो रकम बढाउन पनि इक्यानले माग गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार १०:३३