१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषलाई नेपाल आयल निगमले दियो ५० करोड

२० चैत, काठमाडौं । नेपाल आयल निगमले सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।


निगमका प्रवक्ता विनितमणी उपाध्यायले सहयोग रकमको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको जानकारी दिए  । उक्त कोषमा हालसम्म झण्डै ७५ करोड जम्मा भैसकेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार १४:५०