१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

अस्ट्रेलियाको सिड्नीमा ४ नेपाली विद्यार्थीमा कोरोनाकाे संक्रमण

१५ चैत, काठमाडाैँ । अस्ट्रेलियाको सिड्‌नीमा रहेका ४ नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सिड्‌नीको ग्रान्भिलमा एउटै कोठामा बसिरहेका ४ जनामध्ये एकलाई केही दिन पहिले संक्रमणको लक्षण देखिएको थियो।

काेराेना जाँच गरेर नतिजा नआउन्जेल आफ्नै घरमा सेल्फ ‘सेल्फ क्वारेन्टाइन’मा बसेकी उनको नतिजा पोजिटिभ देखिएको थियो। आफ्नो साथीलाई पोजिटिभ देखिएपछि अन्यले जाँच गर्दा ४ जनामध्ये ३ मा संक्रमण देखिएको हो। उनीहरु अहिले आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’ मा बसिरहेका छन । संक्रमित सबै युवती रहेको क्यानबेरास्थित नेपाली दूतावासले जनाएको छ ।

अस्ट्रेलियामा अहिलेसम्म ३ हजार ४ सय बढी संक्रमित पाइएका छन जसमा १ हजार ४ सय बढी न्यू साउथ वेल्स राज्यका छन्। यस भाइरसबाट अहिलेसम्म यहाँ १४ जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित मिति : March 28, 2020 at 2:05 pm