१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

डलरको अबैध कारोबार गर्न खोज्दा ९ लाख लुटिएको खुलासा, राज्यलाई ठग्न खोज्दा आफैँ ठगिए

-प्रदिप घिमिरे
१ चैत, चितवन । पूर्वि चितवनको खैरहनीमा शुक्रवार दिउसो ९ लाख नगद लुटिएको घटनामा नयाँ तथ्य फेला परेको छ । खैरहनी नगरपालिका वडा नम्वर ८ पर्सा बजार नजिक वाट ९ लाख रुपैयाँ लुटिएको नभई ठगि भएको प्रहरीले बतााएको छ । गुल्मी जिल्ला सत्यवती गाउपालिका ६ बस्ने बर्ष ३१ को नारायण घर्तीसंगै ३० बर्षीय पदम घर्ती खैरहनीमा जग्गा खरिदको लागि नभई अमेरिकी डलर साट्न आएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

घर्तीले ९ लाख नेपाली रुपैयासँग २७ हजार अमेरिकी डलर साट्ने योजना अनुसार बैंकबाट रकम निकाली पर्साबजार आएका थिए । अनिल राई नाम गरेको व्यक्तीले घर्तीको साथबाट ९ लाख रुपैया लिएर २७ हजार डलर रहेको भन्दै एउटा झोला उनलाई दिएको तर सो झोला भित्र अमेरिकी डलरको सट्टा डलर आकारमा काटीएको कागज मात्रै भेटियो प्रहरीले भनेको छ ।

अनिल नाम गरेको व्यक्ती ९ लाख नगद भएको झोला लीए लगत्तै त्यहाँबाट फरार भएको पीडीत घर्तिले प्रहरी समक्ष वयान दिएका छन् । डलर भनेर राखिएको झोलामा मिलाएर राखिएको कागजको कट पीस मात्रै देखेपछि घर्तिले प्रहरीलाई खबर गरेका थिए । जग्गा खरिदको लागि ल्याएको रकम लुटिएको भन्दै उनले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनाको अनुसन्धान र लुटेराको खोजीमा प्रहरी जुटेको थियो ।

घर्तिको भनाईमा प्रहरी विश्वस्त नभएपछि प्रहरीले उनलाई र उनीसँगै आएका पदम घर्तिलाई पक्राउ गरी अनुसन्धान केन्द्रित गर्दा घर्ति द्धवय नेपाली रकमसँग डलर साट्न खैरहनी आएको खुलासा भएको हो ।घ टनाको बिषयमा सुक्ष्म अनुसन्धान भइरहेको र ठगीगर्नेहरुको खोजी कार्य तिव्र पारीएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक ऋषिराम घर्ति मगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार ०९:२६