५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बेलायतको स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोना, संक्रमणपछि आफ्नै घरको आइसोलेसनमा


२८ फागुन, काठमाडाैँ । बेलायतमा कोरोनाको संक्रमण तीव्र बनेको छ ।  बेलायतको स्वास्थ्यमन्त्री नादिन डोरिसलाई नै कोरोनाभाइरसको संक्रमण भएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार उनी संक्रमणपछि आफ्नै घरको आइसोलेसनमा छिन् ।

कन्जरभेटिभ पार्टीको सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार उनले पछिल्लो समय आफूले भेटघाट गरेका मानिसहरुको पहिचान गर्न सुरु गरिएको जानकारी पनि दिएकी छन् । बेलायतमा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार ०७:५९