८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

अष्ट्रेलियन नेप्लिज जर्नलिष्ट एशोसियसनको अध्यक्षमा हेमन्त काफ्ले

२५ फागुन, एडिलेड । अष्ट्रेलियामा रहेका नेपालीमुलका पत्रकारहरुको संस्था अष्ट्रेलियन नेप्लिज जर्नलिष्ट एशोसियसन (एन्जा ) प्रथम साधारण सभा सम्पन्न भएको छ । एडिलेडमा शनिवार सम्पन्न भएको एन्जाको साधारण सभाले सर्वसम्मतिले हेमन्त काफ्लेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

कार्य समितिका अन्य पदाधिकारीहरुमा सह-अध्यक्ष ऋषि अाचार्य, उपाध्यक्षद्वय निरु त्रिपाठी र सिता रसाइली, महासचिब चिरन्जिबी देबकोटा, सचिब सरल गुरुङ, कोषाध्यक्ष कृष्ण तिवारी र सदस्यहरु कमल सिलवाल, छत्र शंकर, प्रकाश हुमागाई, खगेन्द्र सत्याल, मिलन दाहाल र सरिता ढकाल रहनु भएको छ ।

साधारण सभाको समापन कार्यक्रममा साउथ अस्ट्रेलियाका सहायकमन्त्री जिङ्ग ली, अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योञ्जन, साउथ अस्ट्रेलियाका बाणिज्यदूत दीपक धमला, एनआरएनएनका केन्द्रीय उपाध्यक्ष मन केसी, ओसेनिया डेपुटी कोर्डिनेटर नवीन कंडेल, साउथ अस्ट्रेलियाका संयाेजक नवीन पन्त, एडिलेड नेपाली समाजका अध्यक्ष सुरेन्द्र रेग्मी, नेपलिज् एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलियन (नावा) अध्यक्ष डा मणि पनेरु, निर्वाचन समिति संयाेजक गाेकुल घिमिरे, राजु मानन्धरले निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रमको समापन गर्दै नवनिर्वाचित अध्यक्ष काफ्लेले दैनिक रुपमा नेपाली समुदायको संख्या बढेसंगै समुदायलाई सुसूचित गर्ने दायित्व पनि नेपालीमुलका पत्रकारको दिन प्रतिदिन बढ्दै गएकाे बताउदै बधाई र शुभकामना दिनुहुने सबै प्रती आभार र कृतज्ञता व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आईतवार २०:२६