१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

विश्व नारी दिवसको सन्दर्भमा अष्ट्रेलिया नेपालीको पदयात्रा

२४ फागुन, एडिलेड । एनआरएनए साउथ अष्ट्रेलियाको आयोजनामा अन्तराष्ट्रिय नारी दिवस सन्दर्भमा “नेतृत्वमा महिला” नारा सहित वाटरफल गलीदेखि माउन्ट लफ्टीको शिखरसम्म पदयात्रा सम्पन्न भएकाे छ । कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दहाल, एनआरएनका पदाधिकारीहरु, अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एशोसीयसनका पहिलो अधिवेशनमा आएका सहभागीहरु तथा साउथ अष्ट्रेलियाका नेपालीहरुको सहभागिता रहेको थियो ।

पदयात्राको समापनमा आयोजित कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदुत दहालले महिला सशक्तीकरणमा जोडदिनु पर्ने बताउनुभयाे । यसैगरि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष मन केशीले महिला सशक्तीकरणका लागि चेतना मुलक कार्यक्रमहरु आवश्यकता भएको बताउनुभयो ।

नेप्लिज जर्नालिस्ट एशोसीयसनका संयाेजक हेमन्त काफ्लेले महिला सशक्तीकरणका लागि हरेक संस्थाकाे नेतृत्वमा महिलाहरुकाे सहभागी जरुरी रहेकाे बताउनुभयाे । कार्यक्रममा साहित्यकार निरु त्रिपाठीले आफूले हालै प्रकाशित गरेको पेरिस्कानो उपन्यासको चर्चा गर्नु भएको थियो । उहाँले आफ्नो उपन्यासमा अष्ट्रेलियामा एउटा महिलाको संघर्षलाई प्रस्तुत गरेको बताउनुभयो ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कडेलकाे सभापतित्व र एनआरएनए साउथ अष्ट्रेलिया उपाध्यक्ष सन्तोषी गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा एनआरएनए साउथ अष्ट्रेलियाका संयाेजक नवीन पन्त तथा नारी निकुञ्ज संयाेजक मञ्जु खड्काले पनि मन्तव्य राख्नु भएकाे थियाे ।  

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार ११:०४