१४ पुष २०८२, सोमबार | Tue Dec 30 2025

‘सगरमाथा संवाद’ र नेपाल भ्रमण वर्ष २०२० दुबै स्थगित गर्ने सरकारको निर्णय

१८ फागुन, काठमाडाैँ । सरकारले पहिलोपटक अन्तर्राष्ट्रिय रूपमा आयोजना गर्न लागेको कूटनीतिक छलफल ‘सगरमाथा संवाद’ र नेपाल भ्रमण वर्ष दुबै स्थगित गर्ने निर्णय गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाइ कोरोना भाइरसको उच्च जोखिमयुक्त देशको सूचीमा राखेका कारण सरकारले दुबै महत्वपुर्ण कार्यक्रम स्थगित गरेको हो ।

‘सगरमाथा संवाद’  चैत २० देखि २२ सम्म आयोजना हुन लागेको थियो । सगरमाथा संवादको तयारी स्वरुप गत माघ २६ गते परराष्ट्र मन्त्रालयले राष्ट्रिय संवाद पनि आयोजना गरेको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबारमात्रै विदेशमा गरिने भिजिट नेपाल २०२० का प्रवर्द्धनका सबै कार्यक्रम स्थगित गर्ने बताएका थिए ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रकोप अन्य देशमा समेत फैलिएपछि मन्त्रिपरिषद्को बैठकले जोखिम बढेको निष्कर्ष निकाल्दै सरकारले यस्तो निर्णय गरेको थियो । चालू आवमा मात्र सरकारले भिजिट नेपालका विभिन्न कार्यक्रममा ६७ करोड बढी रकम विनियोजन गरेको थियो।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आईतवार २२:५५