१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

अष्ट्रेलियामा ‘होली फेष्टिभल एडिलेड’को तेस्रो संस्करण आयोजना हुने

१७ फागुन, एडिलेड । अष्ट्रेलियाको एडिलेडमा मार्च ९ मा नेपाली लोकप्रिय कलाकारहरु दिपक बज्राचार्य, तृष्णा गुरुङ सहितका कलाकारको उपस्थितिमा ‘होली फेष्टिभल एडिलेड’को तेस्रो संस्करण आयोजना हुने भएको छ । आज एडिलेडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक संस्था एडिलेड नेपालका अध्यक्ष पुष्कर कोइरालाले नेपाली रितिरिवाज र परम्परालाई जिवन्त राख्दै नयाँ पुस्तालाइ जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

उहाँले असत्य माथि सत्यको जित प्रतीकको रुपमा मनाइने होली पर्व मातृभूमिमा जस्तै रंगहरु दलेर माया सद्भाव साटासाट गर्दै यस बर्ष पनि मनाउन लागिएको वताउनु भयो । कार्यक्रममा दिपक बज्राचार्य सहित रिदम व्याण्ड, तृष्णा गुरुङ सहित एडिलेडमा रहेका कलाकारहरु क्षितिज सापकोटा, अस्मित खतिवडा, लक्ष्मण गुरुङ लगायतको कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ ।

त्यसैगरि अफ्रिकन रुम्बा लाईभ र साल्सा डान्स पनि हुने भएको छ । पत्रकार भेटघाटमा एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक नवीन पन्तले कार्यक्रमले होली फेष्टिवलले यहाँ रहेका नेपालीहरुलाई मातृभूमिको न्यास्रो मेटाउने बताउनु भयो । उहाले एनआरएनए नेपाल परम्परा संस्कृति जोगाउने कार्यक्रमहरुको सहयोगी बन्दै आएको समेत बताउनु भयो ।

त्यसैगरि कार्यक्रमको मुख्य सहयोगी एजुकेसन प्लानेट एडिलेडका गोविन्द शर्माले साउथ अष्ट्रेलियाका नेपालीहरुले उत्साह पुर्वक सहभागी हुँदै आएको र म्यारियन सिटी काउन्सिलको २०१९को उत्कृष्ट पाँच कार्यक्रममा पर्न सफल होली फेष्टिवलमा एडिलेडमा रहेका सबै नेपाली समुदायलाई उपस्थितिका लागि अनुरोध गर्नुभयो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार १४:३९