१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

भुकम्पले पीडित थियौ मैले झनै पीडा दिएँ (मोदीबारे कविता)


–तुलसी न्यौपाने

बिषालु छु म सर्प ले जस्तै डस्न पनि सक्छु
दलबल सहित तिम्रो देशमा बस्न पनि सक्छु
थाहै नदिई तिम्रो दिलमा पस्न पनि सक्छु
तिमीलाई मेरै मायाजालमा कस्न पनि सक्छु

भुकम्पले पीडित थियौ मैले झनै पीडा दिए
त्यो बेलामा नाकाबन्दी गर्ने नि स्वयम थिए
तिम्लाई खुसी पार्न चेपारो घस्न पनि सक्छु
चट्टान बनि तिम्रै शिरमा खस्न पनि सक्छु

मुखले रामराम भन्दै छुरा हानेकै छु मैले
तिमी रुदा फकाउन पनि जानेकै छु मैले
चाहे भने तिम्रो सरकार गिराउन नि सक्छु
तिम्रो देशमा मेरा आर्मी छिराउन नि सक्छु

खुसी पार्न तिम्लाई डाक्टर भन्दिन नि सक्छु
तिम्रो दु:खमा मुकदर्शक बन्दिन नि सक्छु
तिमी जस्ता दुई फुटेलाई किन्दिन नि सक्छु
तिम्रो मुटु माथी भाला रोपी हिन्दिन नि सक्छु

–ओखलढुंगा हाल काठमाडौं

प्रकाशित मिति : २९ बैशाख २०७५, शनिबार १७:१२