२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

मनैदेखि लाको माया मार्न कहाँ सकिन्छ र (कविता)


–तुलसी न्याैपाने

जे हुनु छ त्यो भरै छाड्छ टार्न कहा सकिन्छ र
मनैदेखि लाको माया मार्न कहाँ सकिन्छ र ।

तिम्रा लागि आकाशकै तारा झार्छु भने पनि
यो त सब आदर्श हो झार्न कहाँ सकिन्छ र
मनैदेखि लाको माया मार्न कहाँ सकिन्छ र ।

सधैभरी चोरी खान पल्केको त्यो बिरालोलाई
दिनकै यहाँ झ्याल ढाेका बार्न कहाँ सकिन्छ र
मनैदेखि लाको माया मार्न कहाँ सकिन्छ र ।

भर्खर भर्खर टुसाएको पिरतिको बिरुवालाई
हत्तपत्त अर्कैतिर सार्न कहाँ सकिन्छ र
मनैदेखि लाको माया मार्न कहाँ सकिन्छ र ।

अघिपछि तिमि बिना मरिहाल्छु भन्नेले नि
पर्या बेला सङ्गै सागर तार्न कहाँ सकिन्छ र
मनैदेखि लाको माया मार्न कहाँ सकिन्छ र ।

प्रकाशित मिति : ९ फाल्गुन २०७४, बुधबार ११:५८