१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रधानमन्त्रीले बालुवाटारबाटै उद्घाटन गरे तेह्रथुमको जलविद्युत आयोजना (फोटोफिचर)

१० फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै तेह्रथुमको एक जलविद्युत आयोजनाको उद्घाटन गरेका छन । शनिबार साँझ प्रधानमन्त्री ओलीले आफ्नो जन्म जिल्ला तेह्रथुमको माथिल्लो खोरूङ्गा खोला साना आयोजनाबाट उत्पादित ७।५ मेगावाट जलविद्युतको आयोजनाको उद्घाटन गरेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा रहेको एक्सन रूमबाट ओलीले आयोजनाको उद्घाटन गरेको सल्लाहकार थापाले बताए । सो अवसरमा जलस्रोत, उर्जा तथा सिंचाइ मन्त्री बर्षामान पुन पनि उपस्थित रहेका थिए । प्रधानमन्त्री आइतबार जन्मदिन मनाउनका लागि तेह्रथुमको आठराइ जाने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार १९:०३