३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

प्रदेश २ को विकासका लागि १ अर्ब सहयोग गर्ने मोदीको घोषणा

२८ वैशाख, जनकपुरधाम । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदेश २ को विकासका लागि १ अर्ब सहायता दिने घोषणा गरेका छन् । दुई दिने राजकीय भ्रमणका क्रममा आज जनकपुर आएका मोदीलाई नागरिक अभिनन्दन गरि जनकपुर नगरको साँचो समेत हस्तान्तरण गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले प्रदेश २ को विकासका लागि १ अर्ब सहायता घोषणा गरेका हुन् । उनका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले समन्वय गरेर यो रकममा बन्ने परियोजना छनोट गर्ने गर्नेछन् ।

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार १४:५९