१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

जर्मनीको हनाउमा अन्धाधुन्द गोली प्रहारबाट ८ को मृत्यु, ५ सख्त घाइते

८ फागुन, काठमाडौं जर्मनीको पश्चिमी सहर हनाउमा रहेको शिशा बारमा भएको अन्धाधुन्द गोली प्रहारबाट आठजनाको मृत्यु भएको छ । गोली प्रहारबाट अन्य ५ जना सख्त घाइते भएका छन् । घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको बीबीसीले समाचारमा जनाएको छ ।

स्थानीय समयअनुसार राति १० बजेतिर भएको घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । सिटी सेन्टरमा रहेको बारमा पहिलो गोली चलेको केही समयमै हनाउ सहरकै केसेलस्टाड नजिक दोस्रोपटक गोली चलेको थियो ।

पहिलो गोली काण्डमा तीन जनाको मृत्यु भएको थियो भने दोस्रोपटक गोली चल्दा अन्य पाँच जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

ठूलो संख्यामा रहेको संदिग्धहरुको समूहले अन्धाधुन्ध गोली प्रहार गरी फरार भएकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । –बीबीसी

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार ०८:०८